दुई प्रहरी अधिकारीलाई कारबाही गर्न सांसद आले मगरको माग
काठमाडौँ । माओवादी राष्ट्रिय सभाका सांसद सुरेश आले मगरले कास्कीको पोखरामा कार्यरत एसपी मोहन थापा र इन्स्पेक्टर बोदराज रेग्मीलाई कारबाही गर्न माग गरेका छन् ।
सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै आले मगरले भ्याटबिल नभएको कारण देखाउँदै बाग्लुङको एक ढुङ्गाखानीलाई कारबाही गरेको भन्दै ती प्रहरी अधिकारीमाथि कारबाही गर्न माग गरेका हुन् ।
‘बागलुङको खानीबाट निकालेर आफ्नो डिपोमा राख्न ल्याएको डुङ्गाको भ्याटबिन छैन भनेर इन्स्पेक्टर रेग्मी र उनलाई सघाउने एसपी थापालाई कारबाही गरियोस्’, आक्रोशित हुँदै आले मगरले भने, ‘खानीले ढुङ्गा उत्पादन गर्यो । पोखरा डिपोमा ल्याएर राख्न चाह्यो । किनबेच नभएको ढुङ्गामा कहाँको भ्याटबिल चाहिन्छ ? रेग्मीले भ्याटबिल छैन भनेर कारबाही गर्यो । महानगरपालिकामा लगियो । एसपी मोहन थापालाई भन्दाभन्दै पनि १२ हजार जरिवाना तिराइयो । उनीहरूमाथि कारबाही गरियोस् ।’
उनले हुँदै नभएको कुरा उछालेर उद्योगमा बाधा पुर्याएको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण