पानी पर्न थालेसँगै लमजुङमा धानको रोपाइँ सुरु
लमजुङ । यहाँ यतिबेला असार अगावै बर्खे धान रोप्न सुरु भएको छ । पानी पर्न थालेसँगै एक हप्ता अघिदेखि लमजुङमा धानको रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत विजयराज पौडेलका अनुसार जिल्लाको राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाको बेँसीका फाँटमा धान रोप्न सुरु गरिएको हो । यसबाहेक पनि जिल्लाका अधिकांश ठाउँमा धान रोपाइँको तयारी भइरहेको उनको भनाइ छ ।
मस्र्याङ्दी वडा नं ५ घेर्मुका किसानले केही दिनअघिदेखि घेर्मुफाँटमा धान रोप्न सुरु गरेको किसान काम सार्की गुरुङले बताए । लमजुङमै सबैभन्दा पहिले धान रोप्ने कार्य सुरु गरिने ठाउँ भनेर घेर्मुलाई चिनिन्छ । चिसो ठाउँ भएकाले र प्रशस्त पानीको सुविधा भएकाले धान रोपाइँ सुरु गरेको स्थानीय बबिता घलेले बताए ।
सो वडाका वडाध्यक्ष लेखमान गुरुङले वडाका फाँटहरुमा केही दिनअघिदेखि धमाधम धान रोपाइँ भइरहेको बताए । विगतका वर्षमा ‘हाइब्रिड’ धान धेरै लगाउने गरे पनि गत वर्षदेखि स्थानीय जातको धानलाई प्राथमिकतामा दिँदै स्थानीय जातको धान घेर्मुफाँटमा लगाउन थालेको किसानहरुले बताएका छन् ।
जिल्लाका ठूला–ठूला फाँट राइनासटार, धमिलिकुवा, भलाखर्क, चक्रतीर्थ, रामचोकबेँसी, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, परेवाडाँडा, सुन्दरबजार, सत्रसयलगायत स्थानमा रोपाइँ हुने तयारीमा रहेको किसानले बताएका छन् । किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या–२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायत उन्नत जातका धानका साथै लोकनाथ, गोरखनाथ, युएस–३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतका हाइब्रिड जातका धान लगाउँदै आएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिँदै आएको छ । किसानहरुले पानी कम हुने ठाउँमा भने सुक्खा–१, सुक्खा–२, सुक्खा–३ लगाउने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ छिटो सुरु भएको र पानी पर्याप्त भएमा चाँडै रोपाइँ सकिने केन्द्रले जनाएको छ । यतिबेला धान रोपाइँका लागि किसानहरु व्यस्त हुन थालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण