सुनकोशी नदीमा बेपत्ता किशोरीको शव फेला
सोमबार, २८ जेठ २०८१, १६ : ४२
काठमाडौँ । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदीमा डुबेकी किशोरीको शव सशस्त्र प्रहरीले सोमबार फेला पारेको छ ।
गोलन्जोर गाउँपालिका–६ मेवाबोट बस्ने २१ वर्षीय चन्द्रकला हायु लुगाधुने क्रममा चिप्लियर नदीमा डुबेकी थिइन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट खटिएको टोलीले उनको शव घटनास्थल नजिकै फेला पारेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : तीन जना चालक नियन्त्रणमा
-
पत्नीको कुटपिटबाट पतिको मृत्यु
-
बागमती प्रदेशसभामा ६ समितिका प्रतिवेदन पेस
-
रातोपाटीकर्मी दुलाल सम्मानित
-
लाइसेन्स पासमा सेटिङ - अख्तियारले समात्यो कर्मचारी र बिचौलिया
-
अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’