सकिब अल हसनको नाममा विश्वकपको सर्वाधिक विकेट
सोमबार, २८ जेठ २०८१, १७ : ००
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको इतिहासमा सर्वाधिक विकेट लिने बलर बङ्गलादेशका सकिब अल हसन हुन् । उनले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाएका सकिब अल हसनले हालसम्म विश्वकपमा ४७ विकेट लिइसकेका छन् ।
उनले टी–२० विश्वकपमा ३६ पाली खेल्दै यो कीर्तिमान बनाएका हुन् । टी–२० विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन भने केवल नौ रन खर्चिएर चार विकेट हो । सर्वाधिक विकेट लिने बलरको सूचिमा पाकिस्तानका साहिद अफ्रिदी दोस्रो स्थानमा छन् ।
आफ्नो समयका प्रभावशाली बलर अफ्रिदीले टी–२० विश्वकपमा ३९ विकेट लिएका छन् । पहिलो संस्करणदेखि टी–२० विश्वकप खेलेका साहिद अफ्रिदीले सन् २०१६ मा अन्तिम पटक विश्वकपमा सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण