अस्पतालमा अनियमितता गर्नेहरू केही दिनभित्रै कारबाहीमा पर्छन् : मन्त्री यादव
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरूलाई केही दिनभित्रै निलम्बन गरिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले अस्पतालहरूमा अनियमितता हुने गरेको भन्दै केही दिनभित्र अनियमितता गर्नेहरूलाई निलम्बन तथा कारबाही गरिने बताएका हुन् । उनले अनियमितता गर्नेहरूलाई रंगेहात पक्रेर आफैँले अख्तियारमा पठाउने बताए ।
मन्त्री यादवले अस्पतालहरूमा भएको बेथिति रोक्न र दोषीलाई समात्न मन्त्रालयले चाँडै नै अस्पतालहरूमा टिम परिचालन गर्ने बताए । उनले राज्यले आमा सुरक्षा कार्यक्रममार्फत अपरेसन गरेर बच्चा जन्माउने आमाका लागि १० हजार रुपैयाँ दिएको भएपनि सम्बन्धितले सो रकम नपाएका बताए । उल्टै आमालाई नै रकम तिराएर अनियमितता भइरहेको भन्दै त्यहाँ पनि आफ्नो ध्यान पुगेको बताए । उनले राज्यले दिएको सेवा, सुविधा नागरिकलाई नदिएर अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती दिइरहेको भन्दै दोष चाहिँ मन्त्री र उच्चपदस्थ व्यक्तिहरूमा जाने गरेको बताए । उनले दोषीउपर सबैलाई कारबाही गरिने चेतावनी दिए ।
मन्त्री यादवले चिकित्सकहरूलाई सुगमस्थानबाट अन्य स्थानमा सरुवा नगर्न ठुलो स्तरबाट दबाब आउने गरेको बताए । उनले मन्त्रीको कुर्सी नै हल्लिने गरी चिकित्सक सरुवा नगर्न दबाब आउने गरेको बताए । उनले सरुवा भएको ठाउँमा चिकित्सक जानैपर्ने अडानमा मन्त्रालय रहेको भन्दै निर्णयबाट पछाडि नफर्किने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण