चन्द्र भण्डारीको प्रश्न : मान्छे बाँदरजस्तो भएपछि कृषि क्षेत्र कसरी माथि उठ्छ ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कृषि र शिक्षा क्षेत्रको विकास विना देश अगाडि बढ्न नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी बजेटमाथि धारणा राख्दै सांसद भण्डारीले मल, बिउ, सिँचाइ नदिई कृषि क्षेत्र बन्छ ? भन्दै प्रश्न गरे ।
उनले भने–‘हामी मल, बिउ कहिले दिने, त्यो नदिईकन किसान बन्छन् ? किसानले खेती गर्ने बेला भयो सधैँ बाँदर आउँछन् । अनुदान खाने बाँदर आउँछन्, बाली खाइदिने बाँदर आइदिन्छन् । बेच्ने बेला भन्सार खोलिदिने बाँदर आउँछ । कृषि क्षेत्रलाई बाँदरबाट मुक्त गर्न परेन । मान्छे बाँदरजस्तो भएपछि कृषि क्षेत्र कसरी माथि उठ्छ ? यो कुरालाई पनि हामीले ख्याल गर्नुपर्यो ।’
शिक्षा बिना कुनै देश नबन्ने उल्लेख गर्दै शिक्षक सेवा आयोगको परीक्षामा १ नम्बरमा उत्तीर्ण हुनेलाई हेडमास्टर बनाउन आग्रह गरे । परीक्षा दिएको १८ महिनासम्म रिजल्ट नहुने, पढाई सकिएको १८ महिनासम्म परीक्षा नहुने यस्तो तरिकाले मुलुक नबन्ने बताए ।
यस्तै आफू जलनमा परेपछि सजिवनको तेल लगाउन थालेको बताउँदै वर्षौँदेखि परीक्षण भएर आएका प्राकृतिक स्रोतहरुको उपयोग हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण