सलमानलाई आरोपीबाट हटाउन अदालतको आदेश

मुम्बई । बलिउड अभिनेता सलमान खान लगातार बिश्नोई समूहको निशाना बनिरहेका छन् । समूहले लगातार अभिनेताको हत्या गर्न योजना बनाइरहेको चर्चा बाहिर आएको छ ।
गत अप्रिलमा सलमानको बान्द्रास्थित घर बाहिर बन्दुक फायरिङ समेत भएको थियो । घटनाका सम्बन्धमा क्राइम ब्रान्चले अनुज थापनसहित फायरिङमा संलग्न दुई आरोपी विक्की गुप्ता र सागर पाललाई गुजरातमा पक्राउ गरेको थियो ।
यद्यपि मे १ मा अनुजको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उनको शव क्राइम ब्रान्चको शौचालयमा भेटिएको थियो । घटनापछि अनुजकी आमा रीता देवीले सलमानविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । अहिले अदालतले सुनुवाइका क्रममा सलमानको नाम उजुरीबाट हटाउन आदेश दिएको छ ।
गत सोमबार न्यायाधीश रेवती ढेरे र श्याम चन्दको बेन्चले सलमानको नाम उजुरीबाट हटाउने फैसला गरेको छ । ‘उनको नाम उजुरीबाट हटाउनु । यो मामलामा सलमानविरुद्ध केही पनि छैन भने उनलाई प्रतिवादी बनाउनुको अर्थ के ?’ आदेशमा भनिएको छ ।
‘तपाईं आफ्नो छोराको मृत्युबाट चिन्तित हुनुहुन्छ । यसलाई अदालतले हेर्नेछ । तर उजुरीमा प्रतिवादी बनाउनुको कुनै अर्थ छैन’, आदेशमा उल्लेख छ । अनुजलाई अप्रिल २६ मा पन्जाबबाट आरोपीलाई हतियार उपलब्ध गराएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले अनुजले आत्महत्या गरेको भने पनि उनकी आमा रीताले भने छोराको आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएकी छन् । उनले यो मामलामा सीबीआईबाट अनुसन्धान हुनुपर्ने माग गरेकी थिइन् । उजुरीमा अनुजमाथि प्रहरीले हिरासतमा धेरै कुटपिट गरेको र उसलाई यातना दिइएको उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपरेसन सिन्दूर : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु, मारिनेमा मसूद अजहरका आफन्त
-
अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको ब्रान्च सामाखुसीमा
-
मोक्षदाले जेम्स स्कुललाई सजिलै हरायो
-
बढ्याे नेप्से परिसूचक
-
मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : साह
-
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति