सलमानलाई आरोपीबाट हटाउन अदालतको आदेश
मुम्बई । बलिउड अभिनेता सलमान खान लगातार बिश्नोई समूहको निशाना बनिरहेका छन् । समूहले लगातार अभिनेताको हत्या गर्न योजना बनाइरहेको चर्चा बाहिर आएको छ ।
गत अप्रिलमा सलमानको बान्द्रास्थित घर बाहिर बन्दुक फायरिङ समेत भएको थियो । घटनाका सम्बन्धमा क्राइम ब्रान्चले अनुज थापनसहित फायरिङमा संलग्न दुई आरोपी विक्की गुप्ता र सागर पाललाई गुजरातमा पक्राउ गरेको थियो ।
यद्यपि मे १ मा अनुजको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उनको शव क्राइम ब्रान्चको शौचालयमा भेटिएको थियो । घटनापछि अनुजकी आमा रीता देवीले सलमानविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । अहिले अदालतले सुनुवाइका क्रममा सलमानको नाम उजुरीबाट हटाउन आदेश दिएको छ ।
गत सोमबार न्यायाधीश रेवती ढेरे र श्याम चन्दको बेन्चले सलमानको नाम उजुरीबाट हटाउने फैसला गरेको छ । ‘उनको नाम उजुरीबाट हटाउनु । यो मामलामा सलमानविरुद्ध केही पनि छैन भने उनलाई प्रतिवादी बनाउनुको अर्थ के ?’ आदेशमा भनिएको छ ।
‘तपाईं आफ्नो छोराको मृत्युबाट चिन्तित हुनुहुन्छ । यसलाई अदालतले हेर्नेछ । तर उजुरीमा प्रतिवादी बनाउनुको कुनै अर्थ छैन’, आदेशमा उल्लेख छ । अनुजलाई अप्रिल २६ मा पन्जाबबाट आरोपीलाई हतियार उपलब्ध गराएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले अनुजले आत्महत्या गरेको भने पनि उनकी आमा रीताले भने छोराको आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएकी छन् । उनले यो मामलामा सीबीआईबाट अनुसन्धान हुनुपर्ने माग गरेकी थिइन् । उजुरीमा अनुजमाथि प्रहरीले हिरासतमा धेरै कुटपिट गरेको र उसलाई यातना दिइएको उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण