सर्वाधिक रन बनाउने खेलाडीलाई एभरग्रिन नेपालले नगद पुरस्कार दिने
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीलाई नगद पुरस्कार दिने घोषणा एभरग्रिन नेपालले गरेको छ । एभरग्रिन नेपालले जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने एकजना नेपाली खेलाडीलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
जारी विश्वकपमा नेपाली टोली समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल बुधबार विहान श्रीलंकासँग खेल्दैछ । आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
यसअघि वाफ महिला फुटबल च्याम्पियनसिपमा जोर्डनविरुद्ध पहिलो गोल गर्ने नेपाली खेलाडीलाई पनि एभरग्रिन नेपालले नगद पुरस्कार दिने घोषणा गरेको थियो । सोही अनुरूप त्यो खेलमा पहिलो गोल गर्ने नेपाली खेलाडी सविता रानामगरलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण