प्रदेश आवश्यक हो कि होइन एकपटक सोचौँ : सांसद मिश्र
मङ्गलबार, २९ जेठ २०८१, १५ : १९
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताएका छन् । मंगलबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
सांसद मिश्रले लोकतान्त्रिक सङ्घीय गणतन्त्र ल्याएको तर बजेटको अधिकतम हिस्सा त्यसैको पालन पोषणमा लगाएर देश विकासलाई पछाडि धकेलेको बताए । उनले एक पटक सर्वदलीय सरकारको गठन गरेर संविधान संशोधन गर्न आवश्यक रहेको बताए । मिसन ०८४ भनेको उमेर पुगेका मान्छेलाई रिटायर गर्ने कुरा जस्तो लागेको उनले बताए ।
सांसद मिश्रले ठुला नेताहरूको क्षेत्रमा बजेट विनियोजन भएको भन्दै आपत्ति जनाए । उनले नेपाल वायुसेवा निगम पब्लिक प्राइभेटमा लैजान जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण