कार्यक्रमस्थलमा बेहोस भएर ढले लेखा अधिकृत, उपचारका क्रममा मृत्यु
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले बताएका छन् ।
मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए । बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन थियो । उक्त कार्यक्रमको उद्घोषण उनले नै गरिरहेका थिए ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सहभागी उक्त कार्यक्रम समापन पश्चात क्षेत्री त्यहीँ नै बेहोस भएका थिए ।
त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पतालमा लगियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
क्षेत्री वीरेन्द्रनगर नगरपालिकामा ०७४ साउनयता कार्यरत थिए । स्थानीय निजामती कर्मचारीमा समायोजन भएपछि उनी वीरेन्द्रनगरमा आएका थिए । पर्वतको कुस्मा जन्मघर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, इत्राम घर भएका ५२ वर्षीय केसी नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्य समेत भइसकेका व्यक्ति हुन् ।
डाक्टरहरूका अनुसार उनको अक्सिजनको लेभलमा सुधार नहुँदा मृत्यु भयो । उनको शव अस्पतालको शव गृहमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण