टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली बलर
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर सन्दीप लामिछाने हुन् । यी प्रभावशाली लेग–स्पिनरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ खेल खेल्दै ९८ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन केवल नौ रन खर्चिएर पाँच विकेट हो ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा करण केसी रहेका छन् । करणले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६९ खेल खेल्दै कुल ९० विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन २१ रन खर्चिएर पाँच विकेट हो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने नेपाली बलरको सूचिमा तेस्रो नम्बरमा अविनाश बोहरा छन् । उनले ६० खेलको ५७ पालीमा ७५ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन भने केवल ११ रन दिएर ६ विकेट हो ।
यो सूचिमा चौथो स्थानमा सोमपाल कामी रहेको छन् । उनले ६६ खेल खेल्दै ५९ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर तीन विकेट हो । पाँचौँ नम्बरमा दीपेन्द्रसिंह ऐरी छन् । उनले ३८ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर चार विकेट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण