टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा माथिल्लो चार स्थानमा रहेका ब्याट्सम्यान अहिले पनि विश्वकप टोलीमा छन् । दीपेन्द्रसिंह ऐरी नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् ।
दीपेन्द्रले ६५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ५७ पालीमा कुल एक हजार ६ सय २७ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय १० रन हो ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा कप्तान रोहित पौडेल दोस्रो स्थानमा छन् । उनले ५० खेलको ४८ पालीमा कुल एक हजार एक सय ४३ रन बनाएका छन् । यस क्रममा उनले ६ वटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर ६१ रन हो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा तेस्रो नम्बरमा कुशल भुर्तेल छन् । उनले ४४ खेलको ४३ पालीमा कुल एक हजार ८८ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र आठवटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित एक सय चार रन हो ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा आसिफ शेख छन् । उनले ४५ पालीमा कुल एक हजार २७ रन बनाएका छन् । यस क्रममा उनले पाँच अर्धशतक पनि प्रहार गरेका छन् । उनको उच्च स्कोर भने अविजित ६४ रन हो ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानको सूचिमा पाँचौँ स्थानमा ज्ञानेन्द्र मल्ल र छैटौँ स्थानमा पारस खड्का छन् । यी दुवै क्रिकेटरले सक्रिय खेल जीवनबाट यसअघि नै सन्न्यास लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण