ललितपुर । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच अबदेखि ललितपुर महानगरले सडकमै प्रदूषण जाँच सुरु गरेको हो ।
_rjpq7ggJwN.jpg)
सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको छ । ‘अन्य क्षेत्रमा भइरहेको प्रदूषण रोक्नको लागि हामीले धेरै काम गरिरहेका छौँ । अब सडकमा गुड्ने गाडीको पनि हामी प्रदूषण जाँच सुरु गर्दैछौँ । यो कार्य संघीय, प्रदेश र स्थानीय सरकारले पनि गर्न पाउने भएकाले ललितपुर महानगरले पहिलो पटक सुरु गरेको हो । यसलाई हामी निरन्तरता दिन्छौँ र सवारी प्रदूषण जाँचको लागि आवश्यक पर्ने मेसिन हामी आफैँ पनि छिट्टै किन्ने छौँ,’ ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले रातोपाटीलाई भने ।
_R6RSzpgWW1.jpg)
मंगलबारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सवारी जाँच सुरु गरेको हो । महानगरले सवारी प्रदूषण मापन यन्त्र किने पछि पनि यातायात व्यवस्था कार्यालयका प्रतिनिधिको उपस्थितिमा यो काम अघि बढ्ने हाछेथुले बताए ।
_saJisyZkJh.jpg)
‘सवारी प्रदूषण जाँचको हरियो स्टिकर भएका र हालै परीक्षण गरिएका सवारीलाई हामी पुनः जाँच गर्दैनौ । यदि कुनै सवारी प्रदूषण जाँचमा पास हुन सकेन भने हामी एक हप्ता भित्र मर्मत गर्ने मौका दिन्छौँ । ती सवारीले प्रदूषण पालना भए-नभएको निगरानी भने यातायात व्यवस्था कार्यालयले गर्नेछ,’ हाछेथुले भने ।
_cvabxtSYeE.jpg)
_O8ntZ4H8kW.jpg)
_v1i1jOAEq1.jpg)
_Xi9VIGR2wd.jpg)
_dUqBhG6FQ6.jpg)
_NmprkPvDaJ.jpg)
_Ly2ruKpXdw.jpg)
_UPmFaUSZHn.jpg)
_V5a8hJkLFB.jpg)
_FMZZA21eSr.jpg)
_gKMMOaersu.jpg)
_UVvOZZ5J6L.jpg)
_tsz314qTsU.jpg)
_qRjpCp3WeS.jpg)
_bN0aTmX1KR.jpg)
_XyhPDAXNhT.jpg)
_f51xRcXBVY.jpg)
_UCfhn8ntxK.jpg)
_hRwGGo0SwH.jpg)
प्रतिक्रिया