हेटौँडा अस्पतालको अस्तित्व समाप्त पार्न खोजिए आन्दोलनमा उत्रिने चेतावनी
मकवानपुर । नेपाल तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय नगर्न चेतावनी दिएका छन् । भेटवालले एक विज्ञप्ती जारी गर्दै हेटौँडा अस्पतालको इतिहास समाप्त पार्ने काम नगर्न चेतावनी दिएका हुन् ।
हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहतमा लैजानु गलत हुने उनले बताए । केही व्यक्ति र संस्थाको स्वार्थमा हेटौँडा अस्पतालको अस्तित्व मेटाउन लागिएको भन्दै भेटवालले आपत्ति जनाएका हुन् । उनले अस्पतालको अस्तित्व समाप्त पार्न खोजिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले हेटौँडा अस्पताललाई छुट्टै संरचनाको रूपमा विकास गर्नु पर्ने र प्रतिष्ठानलाई संरचनासहित सुविधायुक्त बनाएर सेवा प्रवाह गर्नु पर्ने माग गरेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ता प्रक्रियाताका प्रतिष्ठानमा अध्ययनरत स्वास्थ्यकर्मीलाई प्रयोगात्मक कार्य गर्नको लागि आफ्नै अस्पताल निर्माण नभएसम्म हेटौँडा अस्पताललाई प्रयोग गरिने सहमति पालना गर्न उनले सुझाएका छन् ।
मकवानपुरका राजनैतिक दलहरू, नागरिक समाज र मकवानपुरवासीलाई बुझाइएकोमा पछि षड्यन्त्रपूर्वक ढङ्गबाट ऐन जारी गरी सदाको लागि हेटौँडा अस्पताललाई संघीय कानुनको बर्खिलाप जाने गरी बागमती प्रदेश सरकारबाट अस्पतालको चल, अचल मानव संसाधनलगायतका सम्पूर्ण सम्पत्ति कब्जामा लिने काम भएको भन्दै भेटवालले ऐनमा व्यवस्था गरेका विभिन्न दफाहरू संशोधन गरी निर्णय सच्चाउन र हेटौँडा अस्पताललाई हेटौँडा अस्पतालकै अस्तित्वको रूपमा कायम राख्न माग गरे ।
‘यस्ता खाले गैरजिम्मेवारीपूर्ण निर्णय नसच्याए नेपाल तरुण दलले कडा भन्दा कडा आन्दोलन गर्ने जानकारी गराउँदै सम्पूर्ण तरुण साथीलगायत राष्ट्रको सम्पत्ति हेटौँडा अस्पताललाई माया गर्ने मकवानपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरु आन्दोलनका लागि तयार रहन पनि हार्दिक अनुरोध गर्दछौँ।’ भेटवालले विज्ञप्तिमा भनेका छन् ।
उनले राज्यको सम्पत्ति र आम नागरिकको अधिकार माथि कुचेष्टा नगर्न आग्रह समेत गरेका छन् । अधिकारका लागि तरुण युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने जनाउँदै नेता भेटवालले तरुणले कदम चाल्नु परेकोको अवस्थामा हुने क्षतिको पूर्ण जिम्मेवार प्रदेश सरकार, प्रतिष्ठान र जिल्ला प्रशासन मकवानपुर रहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरक्कोको जितले समीकरण फेरियो, स्कटल्याण्डलाई इतिहास रच्न अन्तिम खेल कुर्नुपर्ने
-
महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण