शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड

शनिबार, ०६ असार २०८३, ०४ : ३९
शनिबार, ०६ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत मोरक्कोले स्कटल्याण्डविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
  • मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले खेलको दोस्रो मिनेटमा गोल गर्दै विश्वकप २०२६ कै सबैभन्दा छिटो गोलको कीर्तिमान राखेका छन् ।
  • स्कटल्याण्ड यो खेल जितेर पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउने दाउमा छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत बोस्टन स्टेडियममा जारी समूह चरणको खेलमा पहिलो हाफ सकिँदासम्म मोरक्कोले स्कटल्याण्डविरुद्ध १–० को अग्रता बनाएको छ ।

खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको मोरक्कोले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । मिडफिल्डर इस्माइल साइबारीले गरेको यो गोल जारी विश्वकप २०२६ कै सबैभन्दा छिटो (फास्टेस्ट) गोल समेत बनेको छ । खेल सुरु भएको दुई मिनेटमै विपक्षीको जाली चुमाएपछि मोरक्कोले खेलमा आफ्नो बलियो पकड बनाएको छ ।

पहिलो खेलमा हाइटीलाई पराजित गर्दै ३ अंक जोडेको स्कटल्याण्ड यो सुरुवाती गोलसँगै पहिलो हाफभरि निकै दबाबमा देखियो । स्कटल्याण्डका लागि यो खेल ऐतिहासिक छ, किनकि आजको जितले उसलाई पहिलो पटक विश्वकपको नकआउट चरणमा पुर्‍याउने सम्भावना बलियो बनाउनेछ ।

अर्कोतर्फ, पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेल्दै १ अंक जोडेको अफ्रिकन च्याम्पियन मोरक्को आजको खेल जितेर समूहमा आफ्नो स्थिति मजबुत बनाउने दाउमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप