नेपाल र श्रीलङ्काबीचको खेल रद्द हुँदा दक्षिण अफ्रिकालाई फाइदा, बन्यो ‘सुपर–८’ मा पुग्ने पहिलो टोली
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ । विश्वकपअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो ।
समूहगत चरणको अन्तिम खेल खेल्नुअघि नै दक्षिण अफ्रिका अघिल्लो चरणमा पुगेको हो । समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले आफूले खेलेको अघिल्ला तीनवटै खेलमा जित हात पारेको छ । दक्षिण अफ्रिका ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।
दुई खेल खेलेको बङ्गलादेश दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको नेदरल्यान्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छन् । दुई खेल खेलेको नेपाल भने एक अङ्कसहित तालिकाको चौथो स्थानमा छ । तीन खेल खेलेको श्रीलङ्काले पनि एक अङ्कमात्र बटुल्न सकेको छ ।
समूह ‘डी’ को बाँकी खेलमा अब बङ्गलादेशले नेदरल्यान्ड्स, नेपालले दक्षिण अफ्रिका, बङ्गलादेशले नेपाल र नेदरल्यान्ड्सले श्रीलङ्काको सामना गर्नेछन् । उक्त समूहमा अब बङ्गलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको मात्र ६ अङ्क पुग्न सक्ने सम्भावना छ ।
त्यसैले यसअघि नै तीन खेलबाट ६ अङ्क बटुलिसकेको दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुगेको हो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले, दोस्रो खेलमा नेदरल्यान्ड्सलाई चार विकेटले र तेस्रो खेलमा बंगलादेशलाई चार रनले हराएको थियो ।
यसअघि एसियाली राष्ट्र ओमान नवौँ टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिने पहिलो टोली बनेको थियो । समूह ‘बी’ मा रहेको ओमानले सुरुको तीनवटै खेलमा हार भोगेको छ । नेपालले भने अब आफ्नो दुवै खेल क्यारेबियन राष्ट्रमा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव