नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिन गायक राजु लामा लन्डनमा
लन्डन । बेलायतको मेडस्टोनस्थित ‘केन्ट इभेन्ट गार्डन’ को शो ग्राउन्डमा आयोजना गरिएको नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिन चर्चित गायक राजु लामा लन्डन आइपुगेका छन् । मगर सङ्घ यूकेको आयोजनामा यही १५ जुनमा हुन् गइरहेको कन्सर्टका लागि मंगोलियन हार्ट ब्यान्डका गायक राजु लामा अमेरिकाबाट लन्डन आएका हुन् ।
मंगलबार बिहान लन्डनस्थित हिथ्रो विमानस्थलमा आयोजक संस्था मगर संघकी अध्यक्ष सीता पुन, उपाध्यक्ष एवं ओपन कन्सर्ट संयोजक होम रोका, सचिव गोमानसिंह पुन, मिडिया सेक्रेटरी किशोर राना, कल्चरल सेक्रेटरी सरु राना गुरुङ, मगर सङ्घ यूके युथका उपाध्यक्ष दीपक थापा माइथाने मगरलगायत पदाधिकारीले गायक लामालाई स्वागत गरेका थिए । यसैगरी सोही दिन साँझ फार्नबरोस्थित मगर भवनमा पनि उनलाई सवागत तथा सम्मान गरिएको थियो ।
गायक लामाले बेलायतका नेपालीमाझ आउन पाएकोमा खुसी व्यक्त गर्दै आयोजक मगहरा सङ्घलाई धन्यवाद दिए । साथै कार्यक्रममा सहभागी हुन बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनले आग्रह गरेका छन् ।
‘म्यूजिक फर युनिटी’ नारा रहेको उक्त कार्यक्रम सम्पूर्ण नेपालीहरूको साझा कार्यक्रम भएको सङ्घका मिडिया सेक्रेटरी किशोर रानाले बताए । मध्यान्न १२ बजेदेखि राति ११ बजेसम्म हुने उक्त कन्सर्टमा ४ हजार भन्दा बढी दर्शक भेला हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण