पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल
बुधबार, ३० जेठ २०८१, ०९ : ३१
अभेइरो । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले युरो २०२४ अघिको मैत्रीपूर्ण खेलमा रिपब्लिक अफ आयरल्याण्डमाथि सहज जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगल ३–० ले विजयी बन्यो ।
खेलको १८ औँ मिनेटमा नै जोआओ फेलिक्सले पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोनाल्डोले १० मिनेटको अन्तरमा दुई गोल थपे ।
५० औँ मिनेटमा रुबेन नेभेसको पासमा रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए भने ६० औँ मिनेटमा डिओगो जोटाले रोनाल्डोलाई दोस्रो गोलको अवसर सिर्जना गरे । योसँगै अन्तर्राष्ट्रिय खेलहरूमा रोनाल्डोको गोल सङ्ख्या १ सय ३० पुगेको छ । उनले ह्याट्रिकका लागि अवसर पाए पनि त्यसमा भने उनी चुकेका थिए ।
रोबर्टो मार्टिनेजको टोलीले अब जुन १८ मा चेक रिपब्लिकविरुद्ध खेल्दै युरोको अभियान सुरु गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण