टेस्लाका सीईओ मस्कले फिर्ता लिए ओपनएआईमाथिको मुद्दा
वशिङटन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले च्याटजीपीटीको निर्माता ओपनएआईविरुद्ध हालेको मुद्दा फिर्ता लिएका छन् । मानवताको फाइदाको लागि कृत्रिम बौद्धिकता (एआई)को विकास गर्ने आफ्नो मूल लक्ष्यबाट कम्पनी भड्किएको भन्दै मस्कले ओपनएआईमाथि फेब्रुअरीमा मुद्दा हालेका थिए ।
कम्पनीले पैसा कमाउन मात्रै ध्यान दिएर मान्छेको हितका लागि एआई प्रणाली बनाउने आफ्नो लक्ष्यसँग सम्झौता गरेको मस्कको आरोप थियो । मुद्दा खासगरी ओपनएआईका सीईओ स्याम अल्टम्यान र अध्यक्ष ग्रेग ब्रोकम्यान विरुद्ध दर्ता भएको थियो ।
कम्पनी ओपन–सोर्स यूनिट बनिरहनुको साटो माइक्रोसफ्टको क्लोज–सोर्स सहायक कम्पनीमा परिणत भएको आरोप लगाइएको थियो । सन फ्रान्सिस्को सुपीरियर कोर्टमा दर्ता भएको फाइलिङका अनुसार मस्कका वकिलले क्यालिफोनिर्या राज्यको अदालतमा दायर मुद्दा सोमबार खारेज गर्न भनेका छन् ।
तर अहिलेसम्म मुद्दा फिर्ता लिनुका कारण भने सार्वजनिक भएको छैन । मस्कले बिना कुनै पूर्वाग्रह मुद्दा फिर्ता लिएका हुन् त ? किन पछि उनले पुनः कम्पनीमाथि मुद्दा हाल्छन् यो भने समयले नै बताउनेछ । मस्कले लामो समयदेखि ओपनएआईको विरोध गरेका थिए । मस्क यो स्टार्ट–अप कम्पनीका संस्थापक थिए । मस्क अलग्गिएपछि माइक्रोसफ्टले ओपनएआईमा अर्बौ डलर लगानी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण