पुराना राजनीतिक दलको घेराबन्दीका कारण नयाँ शक्तिले काम गर्न सकेन : नेसपा
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) ले परम्परागत राजनीतिक शक्तिले नयाँ शक्तिलाई घेराबन्दी गरेका कारण सफल हुन नसकेको आरोप लगाएको छ । पार्टी स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा संकल्प प्रस्तावमार्फत सो पार्टीले उक्त आरोप लगाएको हो ।
पुराना राजनीतिक दलहरूले वैकल्पिक नयाँ शक्तिमाथि घेराबन्दी गरी ध्वंसात्मक नीति लिएकाले नयाँ शक्ति अगाडि बढ्न नसकेको उपाध्यक्ष समेत रहेकी दुर्गा सोवले बताइन् । ‘परम्परागत राजनीतिक शक्तिले नयाँ शक्तिलाई घेराबन्दी गरियो । ध्वंस गर्ने प्रयास निरन्तर जारी रह्यो । आफूलाई प्रतिस्थापन गर्ने भयले तत्कालीन सत्तासीन दलहरूले नयाँ शक्तिलाई चुनाव चिन्ह दिएन’, संकल्पपत्र वाचन गर्दै उनले भनिन्’ ‘आफ्नै चुनाव चिन्ह नभएकाले अन्य पार्टीको चिन्ह सापटी लिएर प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताले नयाँ शक्तिको पहिचान गुम्यो ।’
त्यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूसँग एकीकरण र ध्रुवीकरण गर्ने प्रयास गरे पनि सफल नभएको नेसपाले स्वीकारेको छ । साथै नयाँ शक्तिमा जोडिएका केही नेतृत्वका चरम सत्ता स्वार्थ र यथास्थितिवादी सोचका कारण पार्टी सफल नभएको तर्क गरेको छ ।
यस्तै पछिल्लो समय जनयुद्धबाट स्थापित भएको माओवादीसहित समाजवादी शक्तिहरूलाई रूपान्तरण गर्ने प्रयास समेत सत्ता स्वार्थका कारण सफल नभएको गुनासो गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण