बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कुवेतमा भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु, मर्नेमध्ये अधिकांश भारतीय नागरिक

बुधबार, ३० जेठ २०८१, १८ : ५७
बुधबार, ३० जेठ २०८१

कुवेत । कुवेतको एक भवनमा भएको आगलागीमा परेर ४० जनाको मृत्यु भएको छ । मर्नेमध्ये अधिकांश भारतीय रहेको बताइएको छ । 

अहिलेसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको र यीमध्ये अधिकांश भारतीय नागरिक रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बीबीसीलाई भनेका छन् ।

कुवेतका लागि भारतीय राजदूतले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस घटनामा अरू करिब ५० जना घाइते भएका छन् । 

कुवेतको मङ्गाफ क्षेत्रमा रहेको ६ तले भवनको भान्छाबाट आगलागी भएको अधिकारीहरूले बताएका छन् । त्यतिबेला भवनमा १६० जना कामदार थिए । सबै कर्मचारी एउटै कम्पनीमा काम गर्थे । कुवेतका आन्तरिक मन्त्री फहद युसेफ अल सबाहले घटनास्थलको भ्रमण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप