‘विद्यालय खेलकुद नेपाली खेलकुदमा जोडिएको नयाँ इतिहास’
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताएका छन् । पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले विद्यालयस्तरबाटै खेलकुदको विकास गर्न यू–१५ विद्यालय खेलकुदको थालनी गरिएकोले यो मानक बन्ने बताए ।
‘नेपाली खेलकुदमा पहिलो पटक १५ वर्षमुनीको विद्यालयस्तरको प्रतियोगिता आयोजना भइरहेको छ । आ–आफ्नो प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्दै यो पहिलो प्रतियोगितामा आफ्नो नाम राख्न सफल खेलाडीलाई बधाई ज्ञापन गर्न चाहन्छु । यहाँहरूको नाम इतिहासमा लेखिसकिएको छ’, घिसिङले भने ।
सदस्यसचिव घिसिङले नेपाली खेलकुदमा यू–१५ विद्यालय खेलकुदले नेपाली खेलकुदमा नयाँ ‘बेन्चमार्क’ सेट गर्ने बताए । ‘विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका लागि हामीले यस पटकदेखि विश्वविद्यालय खेलकुद आरम्भ गर्यौँ । राष्ट्रपति रनिङ शिल्ड पनि सञ्चालन भइरहेको छ । त्यसैको शृंखलावद्ध प्रतियोगिता स्वरूप यू–१५ विद्यालय खेलकुद सुरुआत गरेका छौँ । यसलाई पिरामिड शैलीमा गर्दै जानेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण