आईसीसी टी–२० विश्वकप : अमेरिकाले भारतलाई दियो १११ रनको लक्ष्य
बुधबार, ३० जेठ २०८१, २२ : ०७

एजेन्सी । आईसीसी टी–२० विश्वकपमा अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ । बुधबार राति पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११० रन जोडेको हो ।
अमेरिकाको नासाउ काउन्टी क्रिकेट स्टेडियममा जारी खेलमा भारतीय टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।
अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए भने स्टिभन टेलरले २४ रनको योगदान दिए । बलिङतर्फ अर्शदीप सिंहले ४ विकेट लिए । यसैगरी हार्दिक पाण्ड्याले २ विकटको सफलता हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जित्नैपर्ने दबाबबिच आपसमा भिड्दै दिल्ली र पञ्जाब
-
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मिसुबिसीको ईभी बनाउने योजनामा आईफोन बनाइदिने कम्पनी
-
ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी
-
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद