प्रभाव पार्न सक्ने खेलाडी– लोगन भान विक (नेदरल्यान्ड्स)
काठमाडौँ । लोगन भान विक नेदरल्यान्ड्सका महत्त्वपूर्ण ब्याट्सम्यान हुन् । पछिल्लो समय विश्व क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै गएको नेदरल्यान्ड्सलाई अहिलेको स्थितिसम्म पुर्याउन भाव विकको पनि महत्त्वपूर्ण योगदान रहेको छ ।
३३ वर्षीय भान विक टोलीका अलराउन्डर खेलाडी हुन् । दायाँहाते मध्यम तेज गतिका बलर भान विकको ब्याटिङ पनि उत्कृष्ट छ । उनले नेदरल्यान्ड्सका लागि एक दिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
भान विकले अन्तर्राष्ट्रिय क्रिकेटमा ८० विकेट लिइसकेका छन् भने पाँच सयभन्दा बढी रन पनि बनाएका छन् । ३३ वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै उनले कुल ४६ विकेट हात पारेका छन् । एक दिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २४ रन खर्चिएर चार विकेट हो ।
यसैगरी उनले २९ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल ३४ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २७ रन खर्चिएर चार विकेट हो । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा चार सय ७७ रन बनाएका छन् ।
भान विकले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय रन बनाएका छन् । यसका अतिरिक्त उनले एक दिवसीय अन्तर्राष्ट्रियमा १७ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६ वटा क्याच पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण