एक्समा लाइक ‘प्राइभेट’ बनाउँदै मस्क
क्यालिफोर्निया । पछिल्लो समय माइक्रो ब्लगिङ वेबसाइट एक्समा व्यापक परिवर्तन भइरहेको छ ।
अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्वामित्वमा रहेको यो सामाजिक सञ्जालमा फेरि अर्को हेरफेर हुन लागेको खबर छ । छिट्टै पोस्टमा युजरहरूले गरेको लाइकलाई ‘प्राइभेट’ बनाउन लागिएको हो । प्रयोगकर्ताका गोपनियताका लागि लाइक सबैका लागि गोप्य राखिने एक्समा इन्जिनियरिङ नाममा जारी भएको पोस्टमा भनिएको छ । यो काम यही हप्तादेखि हुन सक्ने बताइएको छ ।
यो अपडेटपछि युजरहरू आफूले गरेको लाइक त देख्नेछन् तर बाँकी युजरले सो लाइक देख्न पाउने छैनन् । अहिलेसम्म भने एक्समा पोस्टमा क–कसले लाइक गरेको छ भनेर हेर्न मिल्थ्यो । युजरले पोस्टमा कति ओटा लाइक आएको रहेछ भनेर गन्न पनि सक्नेछन् । पोस्टका बाँकी जानकारी पनि लिन सक्नेछन् । तर पोस्टमा क–कसले लाइक गरेको छ भनेर चाहिँ हेर्न पाइने छैन ।
अब जो कोहीले बिना भय कुनै पनि पोस्टमा लाइक गर्न सक्ने यो अपडेटबारे जानकारी दिँदै मस्कले एक पोस्टमा भनेका छन् । रिपोर्टका अनुसार प्राइभेट लाइक सुविधा एक्सका प्रिमियम प्रयोगकर्ताका लागि पहिले नै उपलब्ध छ । यो फिचरले पोस्टमा लाइक बढाउन मद्दत मिल्ने इन्जिनियरिङ टोलीले बताएको छ । अहिले केही डरले, सार्वजनिक छवि बिग्रने वा ट्रोलिङको भयका कारण धेरैले पोस्ट लाइक गर्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण