शाकिबको अर्धशतक, बंगलादेशद्वारा १ सय ६० रनको लक्ष्य प्रस्तुत
किंग्सटाउन । टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्यान्ड्ससामु १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको हो ।
टोलीका लागि शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा नटआउट रहँदै ६४ रन जोडे । यस क्रममा उनले ९ चौका प्रहार गरे ।
ओपनर तान्जिद हसनले २६ बलमा ३५ रनको योगदान दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, मोहम्दुल्लाहले २१ बलमा २५ रन जोडे । यस क्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । जाकेर अलीले ७ बलमा ३ चौका प्रहार गर्दै १४ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्त र पाउल भान मेकरेनले २–२ विकेट हात पारे । मेकरेनले ४ ओभरमा मात्र १५ रन खर्चिए भने दत्तले ४ ओभर बलिङ गर्दै १७ रन दिएका थिए ।
दुवै टोलीको यो तेस्रो खेल हो । यसअघिका १–१ खेल जित्दै दुई टोलीले २–२ अङ्क बटुलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण