जन्ती लिएर मण्डपमै बेहुला आइसकेपछि बेहुलीले मानिनन् बिहे गर्न, यस्तो छ कारण
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको भदोहीमा जन्तीसहित बेहुला आइसकेको अवस्थामा बेहुलीले विवाह गर्न अस्वीकार गरेको घटना प्रकाशमा आएको छ ।
फत्तुपुर निवासी शीलादेवीकी छोरी पिङ्कीको विवाह जौनपुर जिल्लाको जयरामपुर निवासी गौतम नाम गरेका युवकसँग हुने निधो भएको थियो । सोही अनुसार गौतम जन्तीसहित बुधबार बेलुका बेहुलीको घरमा विवाहका लागि पुगेका थिए ।
स्वयंवर अघि नै बेहुलाले अस्वाभाविक गतिविधि गरेपछि बेहुलीले चासो राखेकी थिइन् । बेहुलाले मदिरा पिएको र मञ्चको पछाडि गएर गाँजा सेवन गरेको देखेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी थिइन् ।
यस क्रममा बेहुली पक्षले बेहुला, उनका पिता जयप्रकाश र हजुरबुबा मेवा लाललाई बन्धक बनाएर विवाहको तयारीमा लागेको ८ लाख रुपैयाँ खर्च माग गरेका थिए ।
दुवै पक्षबिच विवाद भएपछि प्रहरी आएर मामिला सुल्झाएको थियो । प्रहरीका अनुसार बेहुलीले विवाह गर्न नमानेपछि बेहुला र जन्ती बिहीबार त्यसै फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण