टिकटक खुलाउन सांसद अशिम शाहको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले टिकटक खोल्न माग गरेका हुन् ।
उनले भने– ‘सरकारले कार्तिक २७ गतेबाट टिकटकमा प्रतिबन्ध लगाएको थियो । भीपीएन प्रयोग गरेर प्रयोगकर्ताले चलाइरहेका छन् । हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क छ । टिकटकको विकल्पमा फेसबुक रिल, युट्युब सर्ट्स मज्जाले चलेकै छ । यस्तोमा सरकारले विकृति फैलाएको भन्दै सरकारले टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ? सरकारले टिकटक बन्द गरेपछि अपराध घटेको भन्ने तथ्याङ्क त छैन होला । तर टिकटक बन्द भएपछि ब्यान्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटिसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्याङ्कले देखाएको छ ।’
उनले अगाडि भने– ‘टिकटकबाट साना व्यवसायीले गरेको घरेलु व्यवसाय विस्थापित भएको कुराको हिसाबकिताब गरिसाध्य छैन । अरू पनि सूचीकृत नभएका फेसबुक इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल बिना रोक तोक चलिरहेका छन् । तर टिकटकबाट मात्र अपराध फैलिने कुरा स्वीकार्य छैन । त्यसैले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित ढङ्गले टिकटक खोल्न सरकारसँग आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण