राष्ट्रिय परिचयपत्र ‘गेम चेन्जिङ प्रोजेक्ट’ : गृहमन्त्री
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई सरकारले गेम चेञ्जिङ प्रोजेक्टका रूपमा लिएको बताएका छन् । शुक्रबार आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले अब राष्ट्रिय परिचयपत्रको प्रयोग गर्ने नागरिकलाई विभिन्न कार्ड बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य हुने बताए ।
‘यहाँहरूलाई थाहा छ हरेक कार्यालयमा जाँदा नागरिकताको कपि दिनुपर्ने, पछाडितिर हस्ताक्षर गर्नुपर्ने, केवाइसी भर्नुपर्ने, बाबुबाजे र जन्म मिति जस्ता झन्झट छ’, उनले भने, ‘अब हरेक चिज यसमा जोडिँदै जानेछ ।’ उनले सुरुमा यसको प्रयोगमा केही कठिनाइ भए पनि कालान्तरमा शेयर कारोबार, जग्गाको कारोबार होस् त्यसमा समेत समावेश गर्दै जाने बताए ।
उनले अहिले कतिपय अपराधमा संलग्नहरूले धेरै सिम कार्ड प्रयोग गर्ने गरेको भन्दै अब राष्ट्रिय परिचयपत्रको आइडी नम्बर हान्ने बित्तिकै धेरै कुरा पत्ता लाग्ने बताए ।
‘यसले धेरै सुशासन लगायत समग्र नागरिकको सेवामा निकै ठुलो प्रभाव पार्नेछ’, मन्त्री लामिछानेले भने, ‘यस्ता नीतिगत सुधारका कामले कति प्रभाव पार्छ मलाई थाहा छैन तर जुन अवधारणाका साथ नेश्नल आइडी नम्बरलाई हामीले अगाडि सार्न खोजेका छौँ यो साँच्चै नै देशका लागि गेम चेञ्जिङ प्रोजेक्ट हो ।’
उनले नेश्नल आइडी प्रयोगमा आएपछि अपराधको डोर सिस्टम बन्द हुने समेत बताए । सरकारले साउन ३१ गतेबाट २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लगायतमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । पत्रकार सम्मेलनमा १८ हजार परिचयपत्र छापिरहेको जानकारी दिँदै एक करोड ४९ सेवाग्राहीको विवरण सङ्कलन गरिसकेको जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण