अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको मिति हेरफेर, विधान अधिवेशन हटाइयो
काठमाडौँ । अखिल क्रान्तिकारीले मंसिरको अन्तिम साता गर्ने भनिएको २३ औँ राष्ट्रिय सम्मेलन असोजको पहिलो सात गर्ने निर्णय गरेको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा बसेको क्रान्तिकारीको केन्द्रीय समितिको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णय उल्टाएको हो ।
साथै बैठकले असोजमा गर्ने भनिएको विधान अधिवेशन हटाएको उपाध्यक्ष केशव रावलले जानकारी दिए ।
‘अन्य निर्णय यथावत् राखेका छौँ । राष्ट्रिय सम्मेलन मात्र असोजमा सारेको हो । सम्मेलन असोजको पहिलो साता गर्ने निर्णय भएको छ । स्थान र मिति तोकिएको छैन । यस्तै असोजमा हुने विधान अधिवेशन नहुने भएको छ’,रातोपाटीसँग उनले भने ।
यसअघि राष्ट्रिय सम्मेलन मंसिरको २५, २६ र २७ र विधान अधिवेशन असोज २१ र २२ मा गर्ने निर्णय भएको थियो । बैठकमा अधिकांश सदस्यले असोजमा गर्नुपर्ने सुझाव दिएकाले समय तालिका हेरफेर गरिएको रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण