गाजर खाए जस्तै गरी सर्प खाएपछि...
काठमाडौँ । हिँड्दै गर्दा कतै सर्प देखियो भने डरले मुटु नै काम्छ । कतिपय त डरले कराउँछन् । तर विश्वमा भियतनाम, चीन लगायत केही यस्ता देश पनि छन् जहाँ सर्पको मासु खाइन्छ । गाजर वा मुला जस्तै गरी काँच्चै सर्प खाएको भनेर कसैले भन्यो भने तपाई पत्याउनु हुन्छ कि हुन्छ ? इन्ष्टाग्राममा यस्तै एउटा भिडियो भाइरल भइरहेको छ ।
एक युवती सर्पलाई गाजर खाए जस्तै गरी चपाएर खाइरहेकी छिन् । भाइरल भइरहेको यो भिडियो इन्ष्टाग्राममा शेयर गरिएको छ । यो भिडियोमा युवतीको अगाडि अगाडि एउटा प्लेट छ । त्यसमा केही सर्पहरू राखिएका छन् । युवतीले प्लेटबाट एउटा सर्पलाई हातमा उठाउँछिन् । सर्पको टाउको हल्लिएको देखिन्छ । युवती जिउँदो सर्पलाई खान थाल्छिन् ।
भिडियो दक्षिण कोरियाको हो । युवतिले सर्पको मुख लुछेर चपाउँदै खाइरहेकी छिन् । यो भिडियो सामाजिक सञ्जालमा शेयर हुने बित्तिकै भाइरल भएको छ । भिडियोको क्याप्सन ‘सर्प’ लेखिएको छ । अहिलेसम्म यो भिडियोलाई इन्ष्टाग्राम मा १ करोड ३१ लाखभन्दा बढी पटक हेरिएको छ । यो भिडियो पोस्टलाई १ लाखभन्दा बढीले लाइक गरेका छन् भने हजारौँले सेयर पनि गरेका छन् । भिडियोमा झन्डै १४ हजार कमेन्ट पनि आएको छ । धेरैले यो भिडियोको आलोचना गरेका छन् । कोहीले यस्तै मान्छेकै कारण नयाँ नयाँ भाइरस आएको भनेर गाली पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव