गाजर खाए जस्तै गरी सर्प खाएपछि...
काठमाडौँ । हिँड्दै गर्दा कतै सर्प देखियो भने डरले मुटु नै काम्छ । कतिपय त डरले कराउँछन् । तर विश्वमा भियतनाम, चीन लगायत केही यस्ता देश पनि छन् जहाँ सर्पको मासु खाइन्छ । गाजर वा मुला जस्तै गरी काँच्चै सर्प खाएको भनेर कसैले भन्यो भने तपाई पत्याउनु हुन्छ कि हुन्छ ? इन्ष्टाग्राममा यस्तै एउटा भिडियो भाइरल भइरहेको छ ।
एक युवती सर्पलाई गाजर खाए जस्तै गरी चपाएर खाइरहेकी छिन् । भाइरल भइरहेको यो भिडियो इन्ष्टाग्राममा शेयर गरिएको छ । यो भिडियोमा युवतीको अगाडि अगाडि एउटा प्लेट छ । त्यसमा केही सर्पहरू राखिएका छन् । युवतीले प्लेटबाट एउटा सर्पलाई हातमा उठाउँछिन् । सर्पको टाउको हल्लिएको देखिन्छ । युवती जिउँदो सर्पलाई खान थाल्छिन् ।
भिडियो दक्षिण कोरियाको हो । युवतिले सर्पको मुख लुछेर चपाउँदै खाइरहेकी छिन् । यो भिडियो सामाजिक सञ्जालमा शेयर हुने बित्तिकै भाइरल भएको छ । भिडियोको क्याप्सन ‘सर्प’ लेखिएको छ । अहिलेसम्म यो भिडियोलाई इन्ष्टाग्राम मा १ करोड ३१ लाखभन्दा बढी पटक हेरिएको छ । यो भिडियो पोस्टलाई १ लाखभन्दा बढीले लाइक गरेका छन् भने हजारौँले सेयर पनि गरेका छन् । भिडियोमा झन्डै १४ हजार कमेन्ट पनि आएको छ । धेरैले यो भिडियोको आलोचना गरेका छन् । कोहीले यस्तै मान्छेकै कारण नयाँ नयाँ भाइरस आएको भनेर गाली पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण