यी पाँच जिल्ला डेंगु सङ्क्रमणबाट सुरक्षित
काठमाडौँ । देशभरमा पाँच जिल्ला डेंगी सङ्क्रमणबाट सुरक्षित रहेको छ । जुम्ला, हुम्ला, मुगु,डोल्पा र मुस्ताङ जिल्ला डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको पाइएको हो ।
इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का देशभरका ७७ मध्ये ७२ जिल्लामा फैलिएको डेंगुबाट ११ सय ७५ जना सङ्क्रमित छन् ।
पाँच जिल्लामा चिसो भएकाले डेंगुबाट सुरक्षित रहेको छ ।‘एडिस एजिप्टाइ’ नामक लामखुट्टे १५ देखि २० डिग्री सेल्सियस तापक्रममा बाँच्न सक्ने क्षमता हुन्छ ।
डेंगु सरुवा रोग हो । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले डेंगु लागेका व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्दा यो रोग सर्दछ । यो रोग नेपालमा बाह्रैमास देखिए पनि मनसुनमा बढी देखिन्छ ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण