बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आजपा निकट आइटी आर्मीद्वारा वैदेशिक रोजगार विभागमा विरोध प्रदर्शन

आइतबार, ०२ असार २०८१, १४ : ४५
आइतबार, ०२ असार २०८१

काठमाडौँ । आम जनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगार विभाग अगाडि बिरोध प्रदर्शन गरेको छ । आइतबार वैदेशिक रोजगार विभाग अगाडि भेला भइ उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शनका क्रममा बोल्दै आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन विरोध प्रदर्शन गर्नुपरेको बताए । उनले वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिना भौचर असुली भइरहेको बारेमा खबरदारी गरेको बताए । उनले अवैध रकम असुली रोजगार पीडितलाई फिर्ता नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए ।

उनीहरुले बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगार दे, श्रमीकलाई ठग्न पाइँदैन लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप