बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

आइतबार, ०२ असार २०८१, १५ : ४०
आइतबार, ०२ असार २०८१

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५ विन्दुमा झरेको हो । 

तथापि, आइतबार ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । 

आइतबार होटल तथा पर्यटन समूहको उपसूचक झिनो अंकले बढ्नु बाहेक बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.७१ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूह १.२० प्रतिशतले र अन्य समूहको उपसूचक १.१२ प्रतिशतले घटेको छ । 

आइतबार ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ । ६ वटा कम्पनीको भने मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । 

नेपाल फाइनान्स कम्पनीका सेयरधनीहरुले आइतबार १० प्रतिशतले कमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीहरुले समान १० प्रतिशतले नै गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप