युक्रेन शान्ति शिखर सम्मेलनको संयुक्त वक्तव्यबाट भारतले आफूलाई अलग राख्यो
जेनिभा । स्विट्जरल्याण्डमा आयोजित ‘समिट अन पिस इन युक्रेन’ को संयुक्त वक्तव्यबाट भारतले आफूलाई अलग गरेको छ।
जुन १६ मा भएको शान्ति शिखर सम्मेलनको अन्तिम दिन भारतको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव (पश्चिम) पवन कपुरले दुवै पक्षलाई मान्य हुने प्रस्तावमा मात्रै भारत सहमत हुने भएकाले भारत ‘अन्तिम दस्ताबेज’ बाट अलग रहने बताएका हुन् ।
यससँगै बर्गेनस्टकमा भएको दुई दिने लामो शिखर सम्मेलनपछि ‘साझा वक्तव्य’ लाई समर्थन गर्न अस्वीकार गर्ने सात देशमा भारत सामेल भएको छ।
शिखर सम्मेलनपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा युक्रेनको ‘क्षेत्रीय अखण्डता’ लाई जोगाउन आग्रह गरिएको छ। यो युक्रेनी शान्ति सूत्र र संयुक्त राष्ट्र बडापत्रका प्रस्तावहरूमा आधारित छ, जसमा अहिलेसम्म ८० भन्दा बढी देशहरूले हस्ताक्षर गरिसकेका छन्।
आइतबार, शिखर सम्मेलनको अन्तिम दिन, विदेश मन्त्रालयका सचिव (पश्चिम) पवन कपूरले भारतको अडान स्पष्ट गर्दै भने, ‘शिखरमा हाम्रो सहभागिता र सबै सरोकारवालाहरूसँग निरन्तर संलग्नताको उद्देश्य संघर्षको स्थायी समाधान अगाडि बढ्ने बाटो खोज्ने हो। यस सन्दर्भमा धेरै विचार र विकल्पहरू बुझ्न आवश्यक छ। हामी विश्वास गर्छौँ कि दुवै पक्षलाई स्वीकार्य विकल्पहरूले मात्र दिगो शान्ति ल्याउन सक्छ। यसलाई ध्यानमा राखेर हामीले संयुक्त वक्तव्य वा शिखर सम्मेलनबाट जारी हुने अन्य कुनै दस्ताबेजबाट आफूलाई टाढा राख्ने निर्णय गरेका छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण