कांग्रेसद्वारा पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसको आपूर्ति विभागका प्रमुख गुरु बरालले साेमबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा आम सर्वसाधारण उपभोक्ता मर्कामा परेको भन्दै वार्ताबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल सरकार निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई जिम्मेवार भएर वार्ताबाट समाधान गर्न समेत उनले अनुरोध गरेका छन् ।
‘बजारमा यसबाट कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्ति श्रृखंला समेत बिग्रने हुँदा अत्यावश्यक वस्तुहरूमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध जो कोहीलाई कानुन बमोजिम कारबाही गर्न समेत जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनको लागि हार्दिक अनुरोध गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण