एमाले र माओवादीबिच कुनै खटपट छैन : महासचिव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै खटपट नभएको जिकिर गरेका छन् । सोमबार रातोपाटीसँग कुरा गर्दै उनले बजेटको विषयमा एमालेको असन्तुष्टिलाई लिएर कुनै समस्या नभएको बताएका हुन् ।
साथै उनले सरकारलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई सरकारमा ल्याउन एमालेसँग निरन्तर छलफल भइरहेको समेत स्पष्ट पारे ।
‘बजेटलाई लिएर एमालेको असन्तुष्टिले सरकार सञ्चालनमा खटपट आएको छैन । नाउपा र जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा एमालेसँग छलफल भइरहेको छ । उसको माग बमोजिम जपाले मधेसमा मुख्यमन्त्री पाइसकेको छ । सङ्घ सरकारमा ल्याउने विषयमा पनि कुरा भइरहेको छ । अहिले नाउपा मात्र सरकारमा आउने भए एक सिट खाली गर्नुपर्छ । एमाले र माओवादीले मध्ये कसले खाली गर्ने विषय टुङ्गिएको छैन । दुवै पार्टी सरकारमा आउने भए दुई पार्टीले एक÷एक सिट खाली गर्नुपर्छ’, उनले भने ।’
यी सानातिना प्राविधिक कुरा भएकाले शीर्ष नेताहरूले मिलाउने गुरुङले बताए । अर्थमन्त्री वर्षमान पुनले संसद्मा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेटलाई लिएर सत्ताको मुख्य घटक एमालेले असन्तुष्टि पोखेको छ । यद्यपि प्रधानमन्त्री प्रचण्डले एमालेको असन्तुष्टि देखाउनका लागि मात्र भएको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण