संसदमा पत्रिका पढ्न नपाएको रघुजी पन्तको गुनासो
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा सांसदका लागि पढ्न उपलब्ध गराइँदै आएको पत्रिका कटौती गरेको भन्दै गुनासो गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संसद् सचिवालयका कर्मचारीको आन्दोलन र संसदमा पत्रिका कटौती भएकोबारे सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
‘संसदका कर्मचारीले ओभरटाइम काम गर्दा नियम कानुनअनुसार पाउनुपर्ने भत्ता अहिले पनि नपाउने कुरा अन्याय भो’, पन्तले प्रश्न गर्दै भने, ‘त्यो अर्थ मन्त्रालय र अन्तका कर्मचारीले पाउने अनि संसदका कर्मचारीले किन नपाउने ?’
उनले सभामुखलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारी उपस्थित नभएर धर्नामा बसेको भन्दै संसदको यस्तो दृश्य आफैमा दुखद हो कि होइन भनेर प्रश्न गरे । पन्तले संसदमा पत्रिका कटौतीको विरोध गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
‘त्यतिमात्र होइन ६,७ महिना अगाडिसम्म बाहिर सांसदहरूलाई पढ्न जति अखबारहरू राखिन्थ्यो ती महत्त्वपूर्ण अखबारहरू अहिले कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरूलाई पढ्न दिने पत्रिका पनि कटौती गर्नुपर्ने ?’, उनले भने, ‘संसदलाई सरकारले जहिले पनि सहयोग गर्नुपर्छ । संसद् नै सरकारको जन्मदाता हो । संसदले सरकार दिन्छ, प्रधानमन्त्री दिन्छ । संसदको गरिमा बढ्यो भने संसदको काम प्रभावकारी हुन्छ । यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण