कर्णाली प्रदेशका सडकलाई बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने सांसद थानीको चेतावनी
मङ्गलबार, ०४ असार २०८१, १२ : १७

काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिएका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाए ।
उनले कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु राजमार्ग बनेका बताए । सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी उनले दिए ।
सांसद थानीले कर्णाली प्रदेशमा गाडीले मान्छे नबोकी मान्छेले गाडी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै