राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।
उनले भने, ‘म आफैँले आफैँलाई हेर्दा कम आक्रोश हुने कम रिसाउने मान्छे हुँ, रिसपनि उठ्छ, कहिलेकाहिँ रिसपनि पोखिन्छ । एक छिन रिसाउने र पछि मन बुझाउने मान्छेको रूपमा आफूलाई ठान्छु तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (पुस्तिका च्यात्दै) यसरी हुर्याउने मन छ तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने हो त्यहाँ नहुर्याएर यहाँ राख्छु । यो मेरो मात्र मनको कुरा हैन, अहिले त्यस्तो केही नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि ४ वटा निर्वाचन क्षेत्र बाहेकको सबै प्रतिनिधि सभा सदस्यको मनको कुरा हो यो ।’

सांसद लिङ्देनले सामान्य लाज घिन पनि नमानेर राज्य संयन्त्रमाथिको मनपरी कति दिन मानिसहरूले सहेर बस्ने हो भन्दै प्रश्न गरे । बजेट पुस्तिकामा जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर जिल्लाको नाम नै नराखीपनि बजेट व्यवस्था गरिएको बताए । लिङ्देनले यसो भनिरहँदा कांग्रेस सांसदहरुले समेत टेबल ठोकेर समर्थन गरेका छन् ।
उनले अहिले उन्नत भनिएको व्यवस्था आउनुभन्दापनि अगाडि योजना छनौटका प्रक्रिया रहेको, बस्तीतहबाट, वडा, वडाबाट गाविस हुँदै आठ नौ वटा चरण पूरा गरेपछि मात्रै योजना छनौट हुने गरेकोमा अहिले मन्त्रीको मुख र गोजीबाट निस्कने चिर्कटोबाट बजेट बन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । अहिले बजेट बनाउँदा मन्त्रीहरूले मनपरी गरेको बताउँदै राप्रपाले भनेको अहिलेको राज्य प्रणाली परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई पुष्टि गरेको बताए । कुनै निर्वाचन क्षेत्रमा एउटा पनि विकासको कार्यक्रम नपर्ने र कुनै क्षेत्रमा अर्बौँको बजेट पारिएको र विधि भत्काउने काम भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण