नेप्से १८.७६ अंकले घट्यो, ४ अर्ब ५ करोडको कारोबार
काठमाडौँ । नेप्से सूचक मंगलबार १८.७६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक ०.८९ प्रतिशतले घट्दै २ हजार ७६.४९ विन्दुमा झरेको हो ।
मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७२ अंकले घट्दै ३६७.२० अंकमा झरेको छ । तथापि, मंगलबार ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
१३ वटै उपसूचक ऋणात्मक हुँदै मंगलबार सेयर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक १.१६ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.०४ प्रतिशतले घटेको छ । अन्य समूहहरुको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
यसदिन जम्मा ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको मूल्य घटेको छ । ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले नै घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण