छानबिन समितिको बैठकमा सहकारी मन्त्रालयको ‘ब्रिफिङ’, २ वटा सहकारीको रकम फिर्ता
काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक सकिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको बैठकमा सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे ब्रिफिङ गरेको छानबिन समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिइन् । उनका अनुसार मन्त्रालयको ब्रिफिङ अनुसार १९ मध्ये २ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता भैसकेको पाइएको छ ।
‘समस्याग्रस्त भनेर तोकिएका १९ मध्ये १७ वटा सहकारीको मात्रै अनुसन्धान गर्नुपर्ने देखियो दुईवटाले रकम फिर्ता गरेको बुझियो’, न्यौपानेले भनिन्, ‘ब्रिफिङका क्रममा कानुनी जटिलतालगायतका विषयमा पनि कुराकानी भयो ।’ बैठकमा सहकारी मन्त्री बलराम अधिकारी समेत सहभागी थिए । बैठकमा समितिका सदस्यहरूले तीन महिनाभित्र प्रतिवेदन तयार पार्नुपर्ने भएकाले सहयोग गर्न मन्त्रालय, विभाग र बोर्डलाई आग्रह गरेका थिए । समितिको अर्को बैठक भोलि बस्नसक्ने न्यौपानेले बताइन् ।
सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते सात सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण