‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भनेर आतंक सिर्जना गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । ‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भनेर काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आतंक सिर्जना गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्दै आएका ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीया अस्मिता खत्री र ४५ वर्षीय प्रेम प्रसाद श्रेष्ठ छन् ।
उनीहरुले भ्रष्टाचार विरोधी अभियन्ताको नाममा गैह्र कानुनी रूपमा संस्था समेत खोलेर आतंक सिर्जना गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
आरोपीहरुले गोकर्णेश्वर नगरपालिका भित्रका स्थानीय निकाय, संघसंस्था तथा उपभोक्ता समितिमा गएर उजुरी परेको र छानबिन गर्न आएको भन्दै धम्क्याउने गरेको आरोप छ । पुष्टि नै नभएको कुराहरूलाई पनि उनीहरुले सामाजिक सञ्जालमा राखेर चरित्रहत्या समेत गरेको आरोप छ । उनीहरूमाथि प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण