८२५ जना शिक्षकले दल त्यागे
_1Ncqb1VKqn.jpg)
काठमाडौँ । विभिन्न राजनीतिक दलमा आबद्ध भएका तथा सदस्यता लिएका ८२५ जना शिक्षकहरूले दल त्याग गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले १०० दिने प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४५ जना शिक्षकविरुद्ध उजुरी प्राप्त भएको छ । त्यस्तै विभिन्न दलमा आबद्ध ४१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको, ४ जना शिक्षकले सफाइ पाएको मन्त्री श्रेष्ठले बताइन् । २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा गरेको उनको भनाइ छ । शिक्षा ऐन, २०२८ मा भएको दलको सदस्य हुन नहुने व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको मन्त्री थापाको भनाइ छ । दलमा आबद्ध भएका शिक्षकलाई दलीय सदस्यता त्याग्न आह्वान गरेको थियो । स्थानीय तहलाई त्यसको विवरण माग गर्नुका साथै निर्वाचन आयोगसँग समेत तथ्यांक माग गरिएको थियो ।
पत्रकार सम्मेलनमा उनले शिक्षालाई राजनीतिकरण हुन नदिने आफ्नो अठोट रहेको बताउँदै त्यो मर्ने बेलासम्म कायमै रहने बताइन् । उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी समेत भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
अपडेट : राजावादी प्रदर्शनमा सहभागी थप एक जना पक्राउ
-
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
-
केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा