८२५ जना शिक्षकले दल त्यागे
काठमाडौँ । विभिन्न राजनीतिक दलमा आबद्ध भएका तथा सदस्यता लिएका ८२५ जना शिक्षकहरूले दल त्याग गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले १०० दिने प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४५ जना शिक्षकविरुद्ध उजुरी प्राप्त भएको छ । त्यस्तै विभिन्न दलमा आबद्ध ४१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको, ४ जना शिक्षकले सफाइ पाएको मन्त्री श्रेष्ठले बताइन् । २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा गरेको उनको भनाइ छ । शिक्षा ऐन, २०२८ मा भएको दलको सदस्य हुन नहुने व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको मन्त्री थापाको भनाइ छ । दलमा आबद्ध भएका शिक्षकलाई दलीय सदस्यता त्याग्न आह्वान गरेको थियो । स्थानीय तहलाई त्यसको विवरण माग गर्नुका साथै निर्वाचन आयोगसँग समेत तथ्यांक माग गरिएको थियो ।
पत्रकार सम्मेलनमा उनले शिक्षालाई राजनीतिकरण हुन नदिने आफ्नो अठोट रहेको बताउँदै त्यो मर्ने बेलासम्म कायमै रहने बताइन् । उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी समेत भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण