कानुनमन्त्री गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतका न्यायाधीश लिउबिच भेटवार्ता
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबिच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री गिरी र गुइसियाङ बिच शिष्टाचार भेट भएको हो ।
भेटको अवसरमा मन्त्री गिरीले न्यायाधीश गुइसियाङको नेपाल भ्रमणप्रति खुसी व्यक्त गरे । उनले नेपाल र चीनबिच सदियौँदेखि रही आएको सौहार्द्रपूर्ण एवं घनिष्ठ सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरा व्यक्त गरे । साथै चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद समेत दिए ।
नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको र आगामी दिनमा पनि दुई देश र जनताको पारस्परिक हितका लागि कानुन तथा न्यायको क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री गिरीले उनको नेपाल भ्रमणको पूर्ण सफलताको कामना गरे ।
भेटका क्रममा मित्रराष्ट्र चीनका न्यायाधिशले एक चीन नीति प्रतिको नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै कानुन तथा न्यायको क्षेत्रमा विगत केही वर्षदेखि नेपालको न्यायपालिका र चीनको न्यायपालिका बिचको अनुभव आदानप्रदान गरिँदै आएको कार्यलाई निरन्तरता दिइने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण