सेबोनको अध्यक्ष चयन प्रक्रिया अन्योलमा, दोस्रो पटक अन्तर्वार्ता बहिस्कार
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन प्रक्रियाले नयाँ मोड लिएको छ । दोस्रो पटक अन्तर्वार्तामा बोलाउँदा पनि ३ जना प्रतिस्पर्धी अनुपस्थित हुँदा चयन प्रक्रिया नै अन्योलमा परेको हो ।
अन्तर्वार्ताका लागि छानिएका ५ जनामध्ये ३ जनाले दोस्रो पटक प्रस्तुति दोस्रो पटक बहिस्कार गरेका छन् । यससँगै कानुनी व्यवस्थाअनुसार अघि बढ्नेगरी छानबिन समितिले तयारी गरेको छ । मन्त्रीपरिषद्को बैठकमा ५ जनामध्येबाट ३ जनाको नाम छानेर सिफारिस गर्नुपर्ने हुन्छ ।
यसअघि असार २ गतेका लागि कार्यपत्र प्रस्तुतिका लागि सर्टलिस्टमा परेका ५ जनालाई बोलाइएको थियो । सो कार्यपत्र प्रस्तुतिका क्रममा २ जना मात्र उपस्थित बनेका थिए । ३ जना अनुपस्थित नबनेपछि आज बुधबारका लागि पुनः समय तोकिएको थियो ।
आज ९ बजेलाई बोलाइएको अन्तरवार्तामा समेत कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारी अनुपस्थित बनेका हुन् । उनीहरू नै यसअघि २ गतेको अन्तरवार्तामा समेत अनुपस्थित बनेका थिए । २ गते अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ उपस्थित बनेका थिए ।
राजनीति स्वार्थको टकराब नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिचको स्वार्थले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया विवादित बन्न पुगेको बताइन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मान्छे जसरी पनि बोर्डमा पठाउन चाहेपछि विवाद बढेको एक अधिकारीले बताए । ओलीले आफू निकट दीपक भट्टको स्वार्थमा सन्तोष नारायण श्रेष्ठलाई जसरी पनि अध्यक्षमा नियुक्त गर्नुपर्ने अडान राखेपछि समस्या उत्पन्न भएको स्रोतको दाबी छ ।
यता सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र अर्थमन्त्री वर्षमान पुनले समेत आफू अनुकूल व्यक्तिलाई धितो पत्र बोर्डको अध्यक्ष बनाउन चाहेपछि दुई पक्षको भिडन्तमा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्योलतामा फसेको ती अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण