जेलमा रहेको लरेन्स बिश्नोईले पाकिस्तानी ग्याङ्गस्टरलाई इदको बधाई दिएपछि भारतमा हङ्गामा
नयाँ दिल्ली । भारतीय ग्याङ्गस्टर लरेन्स बिश्नोईको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसमा उनी आफ्ना एक साथीलाई इदको बधाई दिइरहेको देखिन्छन् । भिडियो साबरमति जेलको नभएको बताइएको छ ।
यो भिडियो भाइरल भएपछि कयौं प्रश्न उत्पन्न भएका छन् । लरेन्स बिश्नोई साबरमति जेलमा बन्दी छन् । उनलाई विशेष सुरक्षा भएको कोठामा राखिएको बताइएको छ । त्यहाँसम्म मोबाइल कसरी पुग्यो ?
गुजरातको जेलमा रहेकै बेला लरेन्शले पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्या गराएका थिए । अब जेलबाटै उनले पाकिस्तानी ग्याङ्गस्टर शहजाद भट्टीलाई इदको शुभकामना दिएका छन् । जेलबाटै यति हर्कत गर्न सक्ने भएपनि उनी जेलमा कति स्वतन्त्र छन् भनेर केहीले जेल प्रशासनमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि साबरमति जेल र गुजरात प्रहरीमाथि प्रश्न ठेका छन् । गुजरात प्रहरीले यसबारे पहिला त कुनै प्रतिक्रिया दिएको थिएन । तर पछि जेलका डीएसपीले यो भिडियो साबरमति जेलको नभएको अभिव्यक्ति दिएका छन् ।
भिडियो एआईबाट बनाइएको हुन सक्ने उनको भनाई छ । वर्षमा तीन ईद हुने भएकोले यो कुन ईदको भिडियो भने भनेर भन्न पनि गाह्रो रहेको उनले बताए । २ अर्ब भारुको लागु औषध मामिलामा गुजरातको एटीएसले लरेन्सलाई हिरासतमा लिएको थियो । त्यतिबेला देखि उनी साबरमति जेलमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण