नेप्से सामान्य अङ्कले बढ्यो, झण्डै साढे ३ अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो ।
बुधबार ३ सय ८ कम्पनीको ७२ लाख ९ हजार ७ सय ५७ कित्ता शेयर ४८ हजार सात सय ६ पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त दुई दशमलव ६२, जलविद्युत् शून्य दशमलव ३२, लघुवित्त शून्य दशमलव १४, निर्जीवन बीमा समूह शून्य दशमलव १७ र अन्य समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।
विकास बैंक समूह शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ३६, लगानी शून्य दशमलव १८, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ ।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ८८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २० करोड २३ लाख ३८ हजार एक सय ४० बराबरको दुई लाख ८५ हजार ४० कित्ता शेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण