पशुपतिको भेटी चोरी प्रकरण : एक जनाबाहेक सबै पुर्पक्षका लागि थुनामा
काठमाडौँ । पशुपतिको भेटी चोरी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले एक जनाबाहेक सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले सत्य नारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेपनि अरू प्रतिवादीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सीसीटीभी फुटेजमा हेर्दा पशुपतिनाथ मन्दिरको भेटी चोरेको खुलेसँगै प्रहरी वृत्त गौशालाको प्रतिवादीहरूलाई हिरासतमा राखेर अनुसन्धान सकेपछि मुद्दा अदालतमा पुगेको थियो ।
भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न रहेको भन्दै अदालतमा मुद्दा पुगेको थियो ।
यसबारे बुधबार थुनछेक बहस सकिए अदालतले जोशीबाहेक सबैलाई थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले यिनै ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको थियो ।
भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण