तेक्वान्दो टोली भारत प्रस्थान
बुधबार, ०५ असार २०८१, १८ : ५४
काठमाडौँ । नेपाली तेक्वान्दो टोली सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुधबार भारतको गोवा प्रस्थान गरेको छ । मे २१ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय टोली भारत प्रस्थान गरेको हो ।
पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले प्रतिस्पर्धा गर्ने छन् । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का, ३२ केजीमुनि रघुनाथ भण्डारी र २९ केजीमुनि आभास डिओले खेल्ने छन् । सब जुनियरमा सहभागी हुने तीनै खेलाडीले एकल पुम्सेमा पनि कौशल प्रदर्शन गर्ने छन् ।
क्याडेट महिलाको ३३ केजीमुनि र एकल पुम्सेमा सुसन्ध्या खड्काले सहभागिता जनाउने छिन् । प्रशिक्षकमा दीपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण